मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

काँग्रेस अछाममा सहमतिको प्रयास असफल, आज पुनः मतदान

सोमबार, २३ फागुन २०७८, ०७ : ३९
सोमबार, २३ फागुन २०७८

नेपाली काँग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो ।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो । पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।–  न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप