चुनावपछिमात्रै पदाधिकारी छान्ने माओवादीको तयारी
नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछि मात्रै पदाधिकारी छान्ने भएको छ । पदाधिकारीबारे सहमति र त्यसको गृहकार्य बाँकी नै रहेकाले पदाधिकारी छनोट स्थानीय चुनावपछि मात्रै हुने नेता देव गुरुङले जानकारी दिए ।
नेता शक्ति बस्नेतका अनुसार आजको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गरेर सक्ने तयारी रहेको बताए । शुक्रबार सुरु भएको सो पार्टीको बैठक आइतबारका लागि तय भएपनि स्थगन गरेर नेताहरु सहमतिको प्रयासमा जुटेका थिए । तर, महासचिव लगायतका पदमा सहमति नजुटेपछि माओवादीमा पदाधिकारी चयन नगरी बैठक सक्ने तयारी भएको हो ।
सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुबीच भएको छलफलमा पनि पदाधिकारी चयन निर्वाचनपछि नै गर्नेगरी छलफल भएको सहभागी एक नेताले जानकारी दिए । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, एमसीसी र स्थानीय निर्वाचनबारे ब्रिफिङ गरेका थिए । त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्दै एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाएका थिए ।
केन्द्रीय कमिटी बैठकका लागि विभिन्न ६ एजेण्डा तय भएका थिए । तीमध्ये अध्यक्षको तर्फबाट रिर्पोटिङ गर्ने काम सकिएको छ । आजको बैठकमा अध्यक्षले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनेछन् । बाँकी एजेण्डामा संगठनात्मक काममा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने प्रस्ताव छन् । यस्तै, अर्को एजेण्डामा पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन तयारीका विषय थिए । माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नुपर्नेमा यसअघि २४७ जनामात्रै चयन गरेको थियो । आजको बैठक ११ बजे बस्ने भनेपनि १२ बजेमात्रै सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक