एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सोमबार, २३ फागुन २०७८, ११ : ४५
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पहिलो पटक बस्दैछ । काठमाडौंको एक पार्टी प्यालेसमा ११ बजेपछि बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदबाट अनुमोदन भएको एमसीसीबारे जानकारी गराउने कार्यक्रम रहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसको अलवा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
पहिला एमसीसीको विरोध गर्दै आएको समाजवादी अन्तिम समयमा एमसीसी अनुमोदनको पक्षमा उभिएको थियो । तर, सम्मानित नेता झलनाथ खनाललगायतका केही नेताले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपनि त्यसको तात्विक अर्थ नरहेको भन्दै आपत्ति जनाउदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण