माओवादी नेताको कार्यविभाजन हुने, केन्द्रीय समिति सदस्यको नाममा विवाद
नेकपा माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन गरिने भएको छ । पार्टी स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने भएपछि तत्कालका लागि पदाधिकारी चयन नगर्ने तर कार्यविभाजन गरेर जाने केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।
माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले हाललाई नेताहरुको कार्यविभाजन गरेर जाने निर्णय भएको रातोपाटीलाई बताए । तर, पदाधिकारी, पोलिटब्युरो, तथा स्थायी कमिटी गठन आगामी जेठ २० मा बोलाइएको केन्द्रीय समितिको बैठकबाट गरिनेछ ।
हाललाई माओवादीको केन्द्रीय समिति ३४४ जनाको हुनेछ भने जसमध्ये २९७ जनाको नामावली टुंगो लागेको छ । यसअघि प्रचण्डले वैकल्पिकसहित थप ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । सो नाममा विवाद भएपछि हाललाई २९७ जनाको नाममात्र टुंगो लगाएर बाँकीलाई वैकल्पिकमा समेट्ने र अरु नाम पछि टुंग्याउने छ ।
नेताहरुका अनुसार ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने तय भएको छ । प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए ।
कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै प्रचण्डले जसअनुसार ८५ जना मनोनयन हुने बताएको ती नेताको भनाइ छ । जसअनुसार केही मनोनित भइसकेको र बाँकी विभिन्न तहको कमिटीबाट आउने सिफारिसका आधारमा मनोनयन गरिनेछ ।
प्रचण्डका अनुसार केन्द्रीय समिति जम्बो बनाउन नसकिने भएकाले नै वैकल्पिकको व्यवस्था गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण