अमेरिकी राष्ट्रपति बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग छलफल गर्ने
सोमबार, २३ फागुन २०७८, २१ : १३
अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन् । उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
उनीहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्ने कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ ।
उनीहरूले युक्रेनको पक्षमा बोल्दै आएका छन् भने युक्रेनलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूले छलफल गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २२ घाइते
-
नेपाललाई चौथो सफलता
-
बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
-
जनतालाई आशा भरोसा जगाउने १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड
-
‘अब मेरो परिचय ‘मैतबहादुर’ हुन्छ’
-
मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिन उपराष्ट्रपति यादवको आग्रह