दीपेन्द्र आइसिसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा
बुधबार, २५ फागुन २०७८, १७ : ०९
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा परेका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेका मनोनयनमा संयुक्त अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द र भारतीय टोलीका ब्याटर श्रेयस ऐयरसँगै दीपेन्द्र महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् ।
टी-२० विश्वकपमा ग्लोबल छनोटमा नेपालबाट दीपेन्द्रले गरेको प्रदर्शनका आधारमा आइसीसीले उनलाई मनोनयनमा समेटेको हो । छनोटका खेलमा दीपेन्द्रले १५९ रन र तीन विकेट लिएका थिए । उनले फिलिपिन्सविरुद्ध ४७ बलमा ८३ रन बनाएका थिए । आइसीसीले महिलातर्फको पनि ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा सार्वजनिक गरेको छ । जसमा भारतकी मिथाली राज र दीप्ति शर्मासँगै न्युजिल्यान्डकी एमिलिया केर परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण