रुसले युक्रेनमा जैविक हतियार प्रयोग गर्न सक्ने, बोल्यो ह्वाइट हाउस
रुसले युक्रेनमा जैविक हतियारबाट आक्रमण गर्न सक्ने भन्दै त्यसप्रति बेलैमा सबै सतर्क हुनु आवश्यक भएको ह्वाइट हाउसले जनाएको छ । युक्रेनमा अमेरिकाले जैविक र रासायनिक हतियारको विकास गरेको दावी रुसले गरेको प्रेस सेक्रेटरी जेन साकीले बताइन् । तर रुसको यो दावी झुटो भएको उनको भनाइ छ ।
रणनीतिक रुपमा रुसले झुटो दावी गरेको बताउँदै उनले आगामी योजनालाई वैध बनाउनका लागि यसो भनिएको पनि जिकिर गरेकी छन् । पश्चिमा अधिकारीहरुले ताजा आक्रमणको विषयमा समान किसिमको चासो व्यक्त गरेकै समयमा यस किसिमको धारणा सार्वजनिक भएको हो ।
उनीहरुले आफूहरु युद्ध भड्किने जोखिमको बारेमा धेरै सशंकित भएको र विशेषगरी रुसले प्रयोग गर्न सक्ने गैरपरम्परागत हतियारको प्रयोगको बारेमा आफ्नो चासो रहेको बताएका छन् ।
साकीले भनिन्,‘हामीले युक्रेनमा रुसद्वारा प्रयोग हुन सक्ने रासायनिक र जैविक हतियारको बारेमा दृष्टि राख्नु आवश्यक छ ।’
बुधबार बिहानै बेलायती रक्षा मन्त्रालयले ट्वीट मार्फत रुसले युक्रेनमा थर्मोब्यारिक रकेट प्रयोग गरेको बतएको थियो । यी रकेटहरुलाई भ्यक्कुम बमको रुपमा पनि चिनिन्छ । किनकी यो बमले सेरोफेरोमा रहेको अक्सिजन सोस्छ र ठूलो मात्राको तापमान सहितको विष्फोट सिर्जना गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण