संखुवासभा दुर्घटना : मृत्यु भएका १२ जनाको खुल्यो पहिचान (अपडेट)
संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ना ४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १४ जना मृतकमध्ये समाचार तयार गर्दासम्म १२ जनाको पहिचान खुलेको छ ।
रामबेनी बजारबाट झापाका दमक जाँदै गरेको बस बिहीबार विहान सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा संखुवासभाको मादी नगरपालिका–६ घर भएकी ३० वर्षीया सीता बिक, ३२ वर्षीया अन्जना कटुवाल, मादी–५ घर भएका ४९ वर्षीय भवानीप्रसाद दाहाल, वर्ष ५६ का श्याम शेर्पा, र वडा नम्बर–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन् ।
ताप्लेजुङ घर भएकी बर्ष ३१ की समीक्षा योञ्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङको मृत्यु भएको छ । बसका चालक तेह्रथुम घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मृत्यु हुनेहरुमा मादी नगरपलिका–६ बस्ने वर्ष ५ की दीक्षा कटुवाल, वडा नम्बर–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, वर्ष २८ की सविता कार्की र मादी–५ बस्ने ४८ वर्षीय दीपककुमार दाहाल छन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण