आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राउल र स्टेफानोलाई उछिने बेन्जेमाले

बिहीबार, २६ फागुन २०७८, १८ : १६
बिहीबार, २६ फागुन २०७८

करिम बेन्जेमाले च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन विरुद्ध ह्याट्रिक गर्दै रियल म्याड्रिडमा उत्कृष्टतातर्फ अर्को कदम चालेका छन् । तीन गोलसँगै क्लबका लागि उनको कूल गोल सङ्ख्या ३०९ पुगेको छ । उनले अल्फ्रेडो डी स्टेफानोको ३०८ गोलको रेकर्डलाई पछि पारेका छन् ।

३०९ गोलले बेन्जेमालाई क्लबले सधैं सम्झिरहने कुरा सुनिश्चित गरेको छ ।  उनले सेप्टेम्बर २०, २००९ मा जेरेजको विरुद्ध रियलका लागि पहिलो गोल गरेका थिए । त्यतिबेला रुड भान निस्टेलरोयले गोलको अवसर सिर्जना गरेका थिए ।

पीएसजीविरुद्धको उनको तेस्रो गोलले राउल गोन्जालेजको च्याम्पियन्स लिगमा ६६ गोलको रेकर्डलाई पनि उछिन्न सफल भएका छन् । प्रतियोगितामा उनले पहिलो पटक २००४/०५ मा गोल गरेका थिए थिए। ती मध्ये आठ यस सिजनमा आएका छन् । यो प्रतियोगितामा उनले एकै सिजन  उनले यति धेरै गोल गरेको पहिलो अवसर हो । सन् २०११/१२  मा उनले ७ गोल गरेका थिए ।

बेन्जेमाले यो अवधिमा ३० गोल गरेका छन्, जुन गत सिजनको तुलनामा एक कम र उनको उत्कृष्ट अभियानमा मात्र दुई कम । सन् २०११/१२ मा उनले जोसे मोरिन्होको नेतृत्वमा ३२ गोल गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप