किभमा आवासीय भवनमा हमला, दुई जनाको मृत्यु
सोमबार, ३० फागुन २०७८, १३ : २४
युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ ।
अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ । भवन किभको ओबोलोनमा रहेको जनाइएको छ ।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण