बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न उपसभापति गुरुङको निर्देशन

मङ्गलबार, ०१ चैत २०७८, २१ : ५७
मङ्गलबार, ०१ चैत २०७८

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा आज नेपाल सांस्कृतिक संघ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले त्यसतर्फ सचेत भएर अगाडि बढ्नका लागि नेता तथा कार्यकर्तालाई उपसभापति गुरुङले निर्देशन दिए । स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा बहुमत दिलाउने गरी लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । टिकटका लागि राजधानी धाउने कार्य तत्काल बन्द गरेर मतदाताको मन जित्ने गरी गतिविधि गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, प्रदेशसभा सदस्य ताहिर मियाँ, नवोदिता चौधरी, युवानेता धिरज भट्टराईलगायत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप