पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न उपसभापति गुरुङको निर्देशन
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा आज नेपाल सांस्कृतिक संघ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।
पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले त्यसतर्फ सचेत भएर अगाडि बढ्नका लागि नेता तथा कार्यकर्तालाई उपसभापति गुरुङले निर्देशन दिए । स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा बहुमत दिलाउने गरी लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । टिकटका लागि राजधानी धाउने कार्य तत्काल बन्द गरेर मतदाताको मन जित्ने गरी गतिविधि गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, प्रदेशसभा सदस्य ताहिर मियाँ, नवोदिता चौधरी, युवानेता धिरज भट्टराईलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण