स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ७४ अर्ब
बुधबार, ०२ चैत २०७८, १३ : १९
आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ ७४ अर्व हाराहारी तोकिएको छ । आर्थिक वर्ष २०७९–०८० को बजेटका लागि मन्त्रालयलाई ७४ अर्व ३ करोड ५ लाख नबढ्ने गरी बजेट सिलिङ तोकिएको हो ।
राष्ट्रिय योजना आयोगबाट प्राप्त गरेको ७४ अर्व ३ करोड ५ लाख रुपैयाँ सिलिङभित्र रहेर मन्त्रालय र मातहतका निकाय बजेट निर्धारणका लागि छलफलमा जुटेका छन् । आयोगले स्वास्थ्य मन्त्रालयका लागि १ अर्व ३१ करोड ८ लाख बराबरको सिलिङ तोकेको छ ।
बाँकी बजेटको सिलिङ विभिन्न ४१ वटा निकाय, अस्पताल, प्रतिष्ठान, महाशाखा, शाखा, स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय प्रयोगशाला लगायतलाई तोकिएको एक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण