काठमाडौंमा होलीको उमङ्ग, तस्बिरमा हेरौं
बिहीबार, ०३ चैत २०७८, ११ : ४५
काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
अहिले काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षौल्लासका साथ सर्वसाधारणहरु होली (फागु) मनाइरहेका छन् । काठमाडौंको विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा अहिले होली खेल्न सुरु भैसकेको छ । ती क्षेत्रमा विदेशी पर्यटकहरु पनि होली खेलेर खुसी साटिरहेका छन् ।
रङको पर्व भनेर चिनिने यो पर्व तराई मधेसमा भने शुक्रबार मनाइन्छ । काठमाडौंमा होली मनाउँदा देखिएका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन: पर्यटन मन्त्री तामाङ
-
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री
-
ग्वार्कोमा फ्लाइओभरको काम तीव्र, तस्बिरमा हेर्नुहोस्
-
निर्माण कम्पनी कसरी पर्छन् कालोसूचीमा ?
-
हुन्डाईले नेपालमै सुरु गर्यो चारपाङ्ग्रे सवारीको एसेम्बल
-
चितवनको देवनगरमा सबस्टेसन सञ्चालनमा