कोभिडले दक्षिणपूर्वी एसियामा ५० लाख चरम गरिबीमा
विभिन्न स्वरुपमा दोहोरिएको कोभिड–१९ले श्रम बजारमा असर पारेपछि दक्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुुगेको एसियाली विकास बैंकले जनाएको छ । गत वर्ष महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको छ । दैनिक १.९० डलर भन्दा कममा जिवन यापन गर्नेहरुलाई चरम गरिबी मानिएको छ र यो क्षेत्रमा ९३ लाखको रोजगारी समेत गुमेको एडीबीले आफ्नो एक रिपोर्टमा जनाएको छ ।
‘यो महामारीले व्यापक बेरोजगारीतर्फ डो¥याएको छ । यसले असमानतालाई झनै खराब बनाएको छ र गरिबीको तह पनि बढेको छ । यो विशेषगरी महिला, युवा कामदार र दक्षिणपूर्वी एसियाका पाका उमेरका मानिसहरुमा रहेको छ,’ एडिबीका अध्यक्ष मासात्सुगु असाकावाले बताएका छन् । ओमिक्रोन भेरिएन्ट फैलिएसँगै संघर्षरत अवस्थाबाट गुज्रेका दक्षिणपूर्वी एसियाका कतिपय मुलुकहरुले मुस्किलले आर्जन गरेको आर्थिक र विकास गुमाएका छन् ।
यद्यपि, २०२२ मा यो क्षेत्रमा ५.१ प्रतिशतको वृद्धि हुने एडीबीको अपेक्षा छ । उच्च दरको खोप दरले अर्थतन्त्र पुनः खुला भएसँगै आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ । नयाँ भेरिएन्टले वृद्धि झन्डै ०.८ प्रतिशतले कटौती हुन सक्ने चेतावनी समेत बैंकले दिएको छ ।
भियतनामा (६५ लाख ५० हजार), इन्डोनेसियामा (५९ लाख १० हजार ) र मलेसियामा (३८ लाख ७० हजार) केससँगै उक्त क्षेत्रमा उच्च संख्यामा कोभिड–१९ को केस बढेको आवर वल्र्डको डाटाले देखाएको छ ।
‘गरिबी र बेरोजगारीमा महामारीको प्रभाव सक्रिय नभएका कामदारमा पर्ने र उनीहरु कम दक्ष हुने तथा विभिन्न अवसरहरूमा जनताको पहुँच पनि कम हुनेछ,’ बैंकले जनाएको छ । जब यस किसिमको घटना घट्छ असमानतामा हुने अवस्था उनीहरुको पुस्तामा पनि सर्दै जाने बैंकको भनाई छ ।
पर्यटनमा सुधारको संकेत
महामारीले सिर्जना गरेको अस्थिरताका बावजुद दक्षिणपूर्वी एसियाको अर्थतन्त्र सुधार हुन थाल्नेमा एडीबी आशावादी रहेको छ । एसियाली वित्तीय संकटपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरुले आफ्नै मुलुकमा ध्यान दिन थालेका छन् र उनीहरु अप्ठेरोमा पनि राम्रो अवस्थामा राख्ने विषयमा केन्द्रीत हुन थालेको एडीबीका उपाध्यक्ष अहम द सैइदले बताएका छन् ।
वृद्धिका लागि पर्यटन उद्योगमा निर्भर हुँदै आएको क्षेत्रले भ्रमण गन्तव्यहरु खुल्न थालेसँगै क्षेत्रले क्रमिक रुपमा गती लिन थाल्ने र आर्थिक वृद्धि र रोजगारीलाई थप अवसर सिर्जना हुने बताइएको छ । ‘पर्यटन फर्कने प्रवृत्तिमा देखिएका छन् र हामीले अपेक्षा गरे भन्दा राम्रो चक्रमा वृद्धि हुने छ,’शैयदको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
-
बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री
-
वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता