६ वर्षसम्म जंगलमा हराएको भेडाको शरीरमा थुप्रियो ४० किलो ऊन
अस्ट्रेलियाको हिमालमा ६ वर्षसम्म हराएको एउटा भेडा शरीरमा ८८ पाउन्ड (करिब ४० किलो) को ऊनसहित फेला परेको छ । भिक्टोरिया पशु आरक्षण एडगरको मिसनका मालिक पाम अहेर्नले हालसालै माउन्ट अलेक्ज्यान्डरमा पर्वतारोहीले भेडा फेला पारेको भनेर फोन आएको बताइन् ।
एलेक्स नाम दिइएको भेडालाई फेला पारेको ठाउँमै ठूलो सम्मान दिइएको थियो । यो भेडा एउटा पाठो भएको समयमा बारम्बार फार्मबाट फुत्कने गरेको थियो र कम्तीमा पनि ६ वर्षसम्म यसको शरीरको रौँ खौरिएको थिएन ।
‘हामी भएठाउँ आउँदा उसको शरीरमा ४० किलो ऊजन थियो,’ अहेर्नले अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पसँगको कुराकानीमा भनिन्, ‘उसको शरीरमा पिसाब, लट्ठी अड्किएका थिए । जिउ भरी किरा थिए । यो दृश्य साह्रै पीडादायी थियो ।’
एलेक्सको ऊन यति जेलिएको थियो कि यो काट्न विशेषज्ञलाई नै बोलाउनुपरेको अहेर्नले बताइन् ।
‘होली मध्यरातमा आइन् र करिब एक घण्टा लगाएर ऊन निकालिन्,’ उनले भनिन् । ‘स्थिति निकै नाजुक थियो । यदि हामीले रातभरीमा ऊन ननिकालेको भए, एलेक्सलाई भोलि बिहान देख्न मुश्किल पर्नेथियो जस्तो मलाई लाग्छ । ’
ऊन खौरिने काम गरेकी होलीले एलेक्सको स्वास्थ्यमा त्यसपछि तत्काल सुधार देखिएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण