शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अधुरो फिल्म छोडेर गएका बलिउड स्टार

शनिबार, ०५ चैत २०७८, ०८ : २९
शनिबार, ०५ चैत २०७८

बलिउडका अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर रिलीज भएको छ । फिल्म मार्च ३१ मा अमेजन प्राइममा स्ट्रीम गरिने भएको छ । उक्त फिल्मको शुटिङको अन्तिम दिन नै ऋषि कपूरको निधन भएको थियो । अधुरो रहेको फिल्मको अंशमा परेश रावलले अभिनय गरे । 

यसअघि पनि बलिउडका केही स्टारनको निधन फिल्म खेल्दाखेल्दै नै भयो । फिल्मको शुटिङ चल्दाचल्दै मुख्य भूमिका निभाइरहेका फिल्म स्टारको मृत्यु भएपछि उनीहरुको स्थानमा अर्कै स्टारले अभिनय गरे । 

अभिनेत्री श्रीदेवीभन्दा पहिले दिव्या भारती फिल्म ‘लाडला’ ले मुख्य भूमिका निभाउने भएकी थिइन् । दिव्याले फिल्ममा ८० प्रतिशत शुटिङ गरिसकेकी थिइन् । तर फिल्म पूरा नहुँदै सन् १९९३ मा उनको दुर्घटनामा मृत्यु भयो । दिव्याको निधनपछि श्रीदेवीले उनको भूमिका निभाइन् । फिल्म निर्माताले श्रीदेवीसँग पुनः शुटिङ गरेको थियो । 

निधनभन्दा अगाडि दिव्या भारतीले तेलुगू फिल्म ‘ठोली मुद्ध’ को शुटिङ गरिरहेकी थिइन् । तर, उनको निधनपछि रंभाले उनको ठाउँमा अभिनय गरिन् । रंभा दिव्या जस्तै देखिने भएकाले उनलाई उक्त भूमिका दिइएको थियो । 

सन् १९९४ मा फिल्म ‘मोहरा’ मा पनि दिव्यालाई कास्ट गरिएको थियो । पाँचौ दिनको शुटिङपछि नै दिव्याको निधन भयो । त्यसपछि उक्त भूमिकामा रवीना टंडनलाई भूमिका दिइयो । 

दिव्या भारतीको निधनभन्दा पहिले उनले ‘कर्तव्य’ फिल्मको पनि शुटिङ गरिरहेकी थिइन् । करिब ३० प्रतिशत शुटिङ सकिएको फिल्ममा उनको निधनपछि सोही भूमिकामा जुहीले भूमिका निभाइन् । 

सन् १९६६ मा फिल्म ‘बहारें फिर आएंगी’ मा गुरु दत्तको मुख्य भूमिका रहेको थियो । तर, उनको शुटिङको क्रममा सन् १९६४ मा मृत्यु भयो । गुरु दत्तको मृत्युपछि धर्मेन्द्रले उनको भूमिका निभाए । 

सन् २०१८ मा फिल्म ‘मंटो’ मा ओम पुरीले मुख्य भूमिका निभाएका थिए । तर, शुटिङको क्रममा उनको निधन भयो । उनको निधनपछि ऋषि कपूरले उनको भूमिका निभाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप