विद्युत नियमन आयोगका पदाधिकारी हटाउने निर्णय सर्वोच्चले उल्ट्याइदियो
सर्वोच्च अदालतले विद्युत नियमन आयोगका पदाधिकारी हटाउने मन्त्रिपरिषद्‌को निर्णय उल्ट्याइदिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको हो । अदालतले आज (आइतबार) अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
ऊर्जामन्त्री पम्फा भुसालले पुस ८ गते पुनरावेदन अदालत इलामका पूर्वन्यायाधीश प्रकाशचन्द्र गजुरेल संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै आयोगका सबै पदाधिकारीको कार्यक्षमता मूल्यांकन गराएकी थिइन् । छानबिन समितिले फागुनमा प्रतिवेदन बुझाउँदै आयोगका पदाधिकारीलाई बर्खास्त गर्न सुझाएको थियो । सोही सुझावबमोजिम ऊर्जामन्त्रीले मन्त्रिपरिषद्‌बाट आयोग पदाधिकारी बर्खास्त गर्ने निर्णय गराएकी थिइन्‌ ।
मन्त्रिपरिषद्‌ले बर्खास्त गर्ने निर्णय लिएपछि आयोग अध्यक्ष दिल्लीबहादुर सिंह, सदस्यद्वय भागीरथी भट्टराई ज्ञवाली र कलवारले सर्वोच्च अदालतमा फरक-फरक रिट दायर गरेका थिए । रिट निवेदकमध्ये कलवारका हकमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश दिएको थियो ।
पदाधिकारी हटाएपछि रिक्त आयोगमा पदपूर्ति गर्न ऊर्जा मन्त्रालयले फागुन २३ गते दरखास्त आह्वान गरेको थियो । विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्यका लागि अध्यक्ष, तीन सदस्य (एक महिलासहित) पदपूर्ति गर्न १५ दिन समयावधि तोकेर आवेदन मागेको हो । आवेदन दिने म्याद अझै बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
