निर्वाचन आयोगलाई ११०२ नम्बरमा फोन गर्न सकिने
मङ्गलबार, ०८ चैत २०७८, १८ : १२

निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ । आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो ।
कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले सो नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा जिज्ञासा तथा प्रश्न सोध्न सकिने बताए । कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।
कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता÷कार्यकर्ताले सूचना जानकारी लिन सक्ने तथा आचार संहिता उल्लंघनका घटनामा उजुरी दिन सक्ने आयोगको भनाइ छ । यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा मतदान गर्न आग्रह गरिएको मोबाइल रिङटोन बजाउने तयारी समेत गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म