सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालले दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने

मङ्गलबार, ०८ चैत २०७८, १९ : १५
मङ्गलबार, ०८ चैत २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गरेका छन् । आज मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै स्थानीयसँग अन्तरक्रियाका क्रममा आधुनिक नमुना अस्पताल बनाउने सो नबनेसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा दिइने बताए ।

छलफल पछि वीर अस्पतालका लागि प्रस्तावित जग्गा स्वास्थ्यमन्त्री खतिवडाले निरीक्षण गरी आगामी २०७९ वैशाख १ गतेबाट स्थानीयको माग अनुसार सेवाहरु सञ्चालन गर्ने बताए । यस्तै, वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन अनुसार आफुहरु सेवा दिन तत्पर रहेको बताएका छन् ।  वैशाख १ गतेबाट दुवाकोट क्षेत्र तथा पाएक पर्ने जनतालाई ल्याब, एक्सरे सेवा सुरु गर्ने जानकारी दिए ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप