सलमान खानको कार्यक्रममा ३० हजार दर्शक, टिकटको मूल्य २५ हजारसम्म
बलिउड अभिनेता सलमान खानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले जानकारी दियो ।
कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने जानकारी दिइयो । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन् । यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ । कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ । एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ ।
त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ । यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजिएपनि कोरोनाका कारणले नसकिएको भन्दै आयोजकले पुनः दर्शकको चाहनालाई पूरा गर्न लागिपरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
