मुगुमा सरकारी जग्गामा बनेका टहरा हटाइयो
मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै १ पुसमा पत्र जारी गरेको थियो । पत्र पठाएको दुई महिना अर्थात चैत महिनामा मात्रै खाली गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए ।
भामका अनुसार उनीहरुले करिब २८ महिना सम्म सम्झौताविना सरकारी जग्गामा निजी टहरा निर्माण गरी बसोबास गर्दै आएका थिए । खाद्य कार्यालयलाई हालसम्म कुनै पनि बक्यौता भाडा पनि नदिएको र उल्टै उनीहरूले अन्य नागरिकबाट टहरा भन्दै भाडा असुल्ने गरेको बताएका छन् ।
हटाइएका टहरामा कार्यालयले घेराबार गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण