शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताए । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उनले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताएका हुन् ।
मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गरिने पनि जानकारी दिए ।
दुबै तालिम बिपी कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा बागलुङको गलकोटमो आयोजना गरिएको हो । तालिममा जिल्लाका २५ क्रियाशील पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी रहेका उक्त विकास समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण