पल शाह प्रकरणमा वकिलको बहस : आरोपीलाई रिहा गरे अन्य बालिकालाई जोगाउन गाह्रो हुन्छ
बालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा सरकार अर्थात् वादी पक्षका एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गर्दा अन्य बालबालिका असुरक्षित हुने तर्क पेश गरेका छन् । बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बताएका हुन् ।
वादीको तर्फबाट बहस गर्ने एक कानुन व्यवसायीले आफ्नो बहसमा बालिका बलात्कार प्रकरणमा प्रतिवादी बियर लिएर बालिका सुतेको कोठामा जानु अपराधिक मनसाय र मध्यरातमा बालिका सुतेको कोठामा गएर करणी गरेको विषय बालिकाको बयानमा उल्लेख भएकाले आपराधिक कार्य दुवै भएको दाबी गरेका छन् ।
पीडितको शरीर नै घटनास्थल हुने, बलात्कार भीडभाडमा नहुने र लुकिछिपी हुने भएकाले पीडितको भनाई नै महत्त्वपूर्ण प्रमाण हुने भएकाले अभियोग पुष्टि हुने वकिलको जिकिर थियो ।
बलात्कारजन्य अपराधमा परिस्थितिजन्य प्रमाण नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रमाण हुने किरण बिकविरुद्ध नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्च अदालतको नजिर प्रस्तुत गर्दै परिस्थितिजन्य प्रमाणले वारदात पुष्टि हुने ती कानुन व्यवसायीले बताए ।
प्रतिवादी आफैले दिएको बयान, प्रतिवादीका म्यानेजर तथा मुद्दामा मतियार बनाइएका व्यक्तिले दिएका बयान आदिले अभियोग दावी पुष्टी हुने भन्दै अपराधसँग जोडिएको व्यक्तिलाई बाहिर छाड्दा समाज आतंकित हुने उनको दलिल थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ अनुसार ३ वर्षभन्दा बढी कैद सजाय हुनसक्ने मुद्दामा प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उल्लेख भएको भन्दै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका छन् ।
यस्ता घटनाका आरोपित व्यक्ति थुनाबाहिर आउँदा अन्य नाबालिगहरु जोगाउन गाह्रो हुने पनि सरकारवादी वकिलको जिकिर थियो । साथै अभियुक्तलाई थुनाबाट बाहिर ल्याउँदा पीडित र पीडितको परिवारलाई धाक धम्की र प्रलोभन दिई होस्टाइल गराउन सक्ने, पहिले पनि पीडितको ज्यान लिनेसम्मको धम्की आएकाले ज्यान नै लिनसक्ने डरसमेत भएको भन्दै अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका थिए ।
कानुन सबैलाई बराबर भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, एक सेलिब्रेटी र एक सामान्य नागरिक कानूनको दृष्टिमा समान हैसियतमा रहने पनि ती अधिवक्ताको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


