ड्रोनको माध्यमबाट घरको विवरण सङ्कलन
ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा रहेका घरको विवरण सङ्कलन गर्ने कार्य आजदेखि सुरु गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे ।
डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिष्टम (जिपिएस)द्वारा नगरका १० फिटभित्रको क्षेत्रफलमा रहेका घरको विवरण सङ्कलन गर्नाका साथै घर जग्गाको डिजिटल तस्वीरबाट नाप, नक्सा लिन सकिने भएकाले सार्वजनिक सेवा पबाहमा उल्लेखनीय सुधार ल्याउने जानकारी दिए ।
उनले १७ लाखको लगानीमा आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुईवटा ड्रोनबाट नाप, नक्सा सङ्कलन गरिने बताए । ड्रोनको माध्यमबाट सङ्कलन गरिने विवरण गुगलमार्फत अन्तराष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण