पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या शुन्य

पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या शून्यमा झरेको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार गत मङ्गलबार र बुधबार पाकिस्तानमा कोरोनाभाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २१० जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १५ लाख २३ हजार ७२ पुगेको छ ।
दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोना भाइरस विरुद्धको लडाइमा सन्तोषजनक सफलता हासिल गरेको छ । पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने १८० रहेको अधिकारीहरूले जनाएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या भने बढेको देखिएको छ । पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३० हजार ३३३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी