करेन्ट लागेर मजदुरको मृत्यु
शुक्रबार, ११ चैत २०७८, १४ : १७
सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ । मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । ठेकेदारमार्फत विद्युत् विस्तार काम गर्ने क्रममा ११ हजारको तारमा पोलमा भएको फालामे दण्डी छुन गई करेन्ट लाग्दा महतोको मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख विनोद यादवले जानकारी दिए । मृतक परिवारलाई क्षतिपूर्ति प्रदान गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण