वैधानिक हतियार प्रहरीमा बुझाउन अनुरोध
शुक्रबार, ११ चैत २०७८, २१ : २८
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासन हातहतियार संकलनमा लागेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले वैधानिक हातहतियार प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनलाई धनुषा जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरू बुझाउन प्रशासनले आग्रह गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार एक सूचना जारी गर्दै चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हतियारहरू बुझाउन सम्बन्धित सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेका छन् ।
प्रहरी इकाइमा बुझाइएका सो हतियारहरू निर्वाचन सम्पन्न भए पछि सम्बन्धित धनीले फिर्ता प्राप्त गर्न सक्ने उनले बताए । सूचनाको बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण