आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल आजबाट, उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने

शनिबार, १२ चैत २०७८, ०७ : ४२
शनिबार, १२ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । 

चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रनेछ । तत्कालिन कप्तान मेहेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवरीबाट हटेका हुन् । पछिल्ला दुई खेलको नतिजा हेर्दा कोलकातामाथि चेन्नई हाबी छ । चेन्नईले पछिल्ला दुई भेटमा सहज जित निकालेको छ । 

यता, श्रेयस यौरको कप्तानीमा मैदान उत्रने कोलकाता सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो प्रस्तुत गर्ने योजनामा छ । श्रेयसले पहिलो पटक कोलकाताको कप्तानी गर्दैछन् । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप