आईपीएल आजबाट, उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।
चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रनेछ । तत्कालिन कप्तान मेहेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवरीबाट हटेका हुन् । पछिल्ला दुई खेलको नतिजा हेर्दा कोलकातामाथि चेन्नई हाबी छ । चेन्नईले पछिल्ला दुई भेटमा सहज जित निकालेको छ ।
यता, श्रेयस यौरको कप्तानीमा मैदान उत्रने कोलकाता सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो प्रस्तुत गर्ने योजनामा छ । श्रेयसले पहिलो पटक कोलकाताको कप्तानी गर्दैछन् । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण