शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको भित्तेपात्रो सार्वजनिक

आइतबार, १३ चैत २०७८, १६ : ३७
आइतबार, १३ चैत २०७८

ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।  आइतबार बैंकले काठमाडौंमा २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो । 

भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरू राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोड्दै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताए । उनले मिथिला कलाकारहरुलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपाली माझ पु¥याउने उदेश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भित्तेपात्रो बनाइएको पनि स्पष्ट पारे । 

पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले बताए । उनले विदेशी मुद्रा नेपालमा भित्र्याउनका लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताए ।

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको दाबी समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप