बढ्यो स्थानीय तह चुनावका लागि मतदान स्थल र केन्द्र, यस्तो छ आंकडा
आइतबार, १३ चैत २०७८, २० : ५०
आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र केन्द्रको संख्या थप भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले मतदाता संख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र थप गर्ने निर्णय भएको हो ।
आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो ।
२०७४ मा सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल रहेको थियो । आयोगले आगामी निर्वाचनको लागि अन्तिम मतदाता विवरण सार्वजनिक गरेको छ । जसअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण