बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो स्थानीय तह चुनावका लागि मतदान स्थल र केन्द्र, यस्तो छ आंकडा

आइतबार, १३ चैत २०७८, २० : ५०
आइतबार, १३ चैत २०७८

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र केन्द्रको संख्या थप भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले मतदाता संख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र थप गर्ने निर्णय भएको हो । 

आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो । 

२०७४ मा सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल रहेको थियो । आयोगले आगामी निर्वाचनको लागि अन्तिम मतदाता विवरण सार्वजनिक गरेको छ । जसअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप