रुसप्रति भारत मौन, अमेरिका असन्तुष्ट
३३ दिनदेखि जारी रुस–युक्रेन युद्धमा भारत मौन भएपछि विश्व समुदाय आश्चर्यमा परेको छ । भारतको दुई धारे व्यवहारबाट अमेरिका चिन्तित रहेको छ । तर, उसले भारतलाई आफ्नो खेमामा लाउन सक्नेप्रति विश्वस्त भने रहेको छ । ह्वाइट हाउसको सुरक्षा परिषदमा हिन्द–प्रशान्तका निर्देशक मिरा ¥याप हुपरले भारतलाई आफ्नो साथमा ल्याउने प्रयास भइरहेको बताइन् ।
यूएनएससीमा भारतको दृष्टिकोण
भारत युक्रेनमा रुसको हमलाको निन्दा गर्ने सबै प्रस्तावको मतदानमा यूएनएससीमा अनुपस्थित रहँदै आएको छ । भारतका साथै चीन र यूएईले पनि मतदानमा हिस्सा लिएका छैनन् । विदेश सचिव हर्षवर्धन श्रृंगलाले भनेका छन्,‘ हामी संयुक्त राष्ट्र संघमा सावधानीपूर्वक र यस्तो दृष्टिकोण राख्छौ, जुन विचारमा आधारित हुनेछ । हामी निन्दा प्रस्तावमा विचार गर्नेछौ, तर आफ्नो हित हेरेर फैसला गर्नेछौँ ।’
भारतलाई पक्षमा ल्याउने प्रयासमा बाइडेन प्रशासन
यसै साता जो बाइडेन प्रशासनको एक शीर्ष कुटनीतिज्ञ भिक्टोरिया नुल्यान्डले नयाँ दिल्लीमा विदेश सचिव हर्षवर्धन श्रृंगलासँग भेटघाट गरेकी थिइन् । यस भेटघाटको क्रममा युक्रेनको स्थितिलाई लिएर कुराकानी भएको थियो । यूएनमा भारतले भोटिङमा गरेको अस्विकारप्रति असन्तुष्टि व्यक्त गर्दै अमेरिकाले लगातार कुटनीतिको माध्यमबाट भारतलाई साथमा ल्याउने प्रयास गरिरहेको छ ।
युक्रेनको २ शहरहरुलाई रुसद्वारा स्वतन्त्र घोषित
रुसले लडाइको सुरुवातमा डोनबासको डोेनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिइसकेको छ । युक्रेनको सबैभन्दा ठूलो इन्धन भण्डारणलाई पनि ध्वस्त पारिसकेको दावी रुसले गरेको छ । यो हमलामा किलिब्र क्रुज मिसाइलको प्रयोग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण