राष्ट्रिय गोजुरियो कराते चैत १८ देखि
नेपाल गोजुरियो कराते संघको आयोजनामा नवौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी जम्मा ४२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २८ र महिलामा १४ स्पर्धामा खेल हुने छ । सातै प्रदेशबाट करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने छ ।
त्यसअघि प्रतियोगितालाई लक्षित गरी चैत १७ गते राष्ट्रिय रेफ्री सेमिनार हुने छ । एकदिने सेमिनारमा ३५ रेफ्रीको सहभागिता रहने सचिव गिरीले जानकारी गराए । डब्लुकेएफ रेफ्री बलराम मित्रले सेमिनार सञ्चालन गर्ने छन् । सेमिनार पनि राखेप कभर्डहलमा नै हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण