मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विश्वभरका ८६ प्रतिशत सङ्क्रमितमा ओमिक्रोनको बीए–२ भेरियन्ट

के बीए–१ बाट सङ्क्रमितहरु बीए–२ बाट पुनः सङ्क्रमित हुन सक्छन् ?
बुधबार, १६ चैत २०७८, १२ : २९
बुधबार, १६ चैत २०७८

कोरोनाभाइरसको ओमिक्रोन भरियन्टको बीए–२ सब भेरियन्ट यतिबेला विश्वमा प्रभावी बनेको र ८६ प्रतिशत यस भेरियन्टबाट सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । जनवरीको सुरुवातमा पत्ता लागेको कोरोनाभाइरसको यो भेरियन्ट बीए–१ र बीए–१–१ भन्दा पनि बढी सङ्क्रामक रहेको डब्लूएचओको भनाइ छ ।

यसलाई पीसीआर लगायत अपनाउँदै आएको विधिबाट पत्ता लगाउन कठिन भएकाले यसलाई ‘स्टेल्थ भेरियन्ट’ पनि भनिएको छ । ओमिक्रोनको अर्को भेरियन्ट बीए–३ पनि विश्वभर विस्तारै फैलिन सुरु भएको छ ।

बीए–२ ओमिक्रोनका अन्य सब भेरियन्टभन्दा सङ्क्रामक भएपनि यसले अन्य भेरियन्टभन्दा मानिसलाई गम्भीर बिरामी बनाउने सम्भावना भने कम रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । ओमिक्रोनका अन्य भेरियन्टजस्तै हाल उपलब्ध खोपहरू बीए–२ भेरियन्टविरुद्ध कम प्रभावकारी देखिएका छन् । तर बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले गरेको अध्ययनले बुस्टोर डोज लगाएकाहरू ओमिक्रोनबाट गम्भीर बिरामी हुनबाट जोगिने देखाएको थियो ।

के बीए–१ बाट सङ्क्रमितहरु बीए–२ बाट सङ्क्रमित हुन्छन् ?
सबैभन्दा चासोको विषय भनेको बीए–१ बाट सङ्क्रमित भएका व्यक्तिहरू बीए–२ बाट सङ्क्रमित हुन सक्छन् कि सक्दैनन् भन्ने हो । केही देशहरूमा छोटो समयमा नै सङ्क्रमणको दुईवटा पिक (उच्च विन्दु) देखिएको छ । तर बेलायत र डेनमार्कको तथ्याङ्कले भने अल्फा र डेल्टाबाट सङ्क्रमित भएकालाई ओमिक्रोनले पुनः सङ्क्रमित गरे पनि ओमिक्रोनको बीए–१ बाट सङ्क्रमित भएकाहरूलाई बीए–२ भेरियन्टले पुनः सङ्क्रमित गराउने सम्भावना कम रहेको देखाएको छ । –अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप