३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिस स्वीकृत गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरुले उजुरी गरेका थिए । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मृत्युको गुफा’ जहाँ छिर्ने जो कोही मर्छन्
-
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान
-
वीरेन्द्रनगरमा खानेपानीको चरम संकट : ६ दिनको फरकमा १ घण्टा वितरण
-
दिनमा १ सय पटकसम्म प्रेमीलाई फोन गर्ने किशोरी, ‘लभ ब्रेन’ नामक मानसिक समस्या पुष्टि
-
राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापानमा सहभागी
-
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने