मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : कोलकातासँग खेल्दै पन्जाब

शुक्रबार, १८ चैत २०७८, ११ : ५१
शुक्रबार, १८ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ । 

पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो ।  यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो । 
दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भएको थियो । पन्जाब र कोलकाता बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ । कोलकत्ता ३ खेलबाट २ अंक जोडेर पाँचौं स्थानमा छ । पन्जाब १ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ । 

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकाताले ३ जित निकालेको छ भने पन्जाबले २ खेल जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप