आईपीएल : कोलकातासँग खेल्दै पन्जाब
शुक्रबार, १८ चैत २०७८, ११ : ५१
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ ।
पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो । यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।
दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भएको थियो । पन्जाब र कोलकाता बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ । कोलकत्ता ३ खेलबाट २ अंक जोडेर पाँचौं स्थानमा छ । पन्जाब १ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकाताले ३ जित निकालेको छ भने पन्जाबले २ खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण