सुर्खेत काँग्रेसमा कोइराला पक्षले माग्यो ४० प्रतिशत हिस्सा
स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेस सुर्खेतमा पुनः लफडा सुरु भएको छ । संस्थापन पक्ष अर्थात पूर्णबहादुर खड्का पक्षले एकलौटी गर्न खाजेपछि संस्थापन इत्तर शेखर कोइराला पक्षले आफूलाई ४० प्रतिशत हिस्सा माग गरेको हो ।
शुक्रबार काँग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष सहित भेला सम्पन्न गरेको छ । पार्टीभित्र अब भागवण्डाको राजनीति नगर्ने भनिएपनि खड्का पक्षले इत्तर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको हुँदा अव पार्टीभित्र ६०—४० को भागवण्डा हुनुपर्ने समूहको निष्कर्ष छ । साथै रेग्मीले निर्वाचनमा काँग्रेसलाई विजय गराउन लाग्न आह्वान गर्दै पार्टीभित्र पनि आफूहरुले सम्मान जनक उपस्थिति देखाउन अपिल गरे । पार्टीमा मनोनित गर्ने सवालमा होस् वा भूमिका दिने सवालमा संस्थापन इत्तर समूहलाई भूमिका विहीन बनाइएको छ,’रेग्मीले भने,‘ आगामी स्थानीय तहको निर्वाचनमा पनि यस्तै सम्भावना हुनसक्ने जोखिम बढेकोले हामीले सम्मान जनक हिस्सा खोजेको हो ।’
इत्तर पक्षका युवा नेता नारायण कोइरालाले संस्थापन पक्षले आजसम्म बेवास्ता गरेको र आफू पर्खेर बसेको बताए । उनले पार्टी एक्लै चुनावमा जान सक्षम भएपनि केन्द्रीय नेतृत्वले गठबन्धन गर्ने निर्णय गर्नुले कार्यकर्तामा निराशा छाएको छ,’उनले भने,‘ पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेट्नु पर्ने हो तर यहाँ त्यसो हुन सकिरहेको छैन् ।’ कोइराला पक्षले पार्टीभित्र फरक मत भएपनि सह–अस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने माग गरेको छ । काँग्रेसका निवर्तमान सचिव भूपेन्द्र खत्रीले केन्द्रीय नेताका कारण जिल्लामा पार्टी कमजोर बन्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण