नहरमा डुबेर बालकको मृत्यु
शुक्लाफाँटा नगरपालिका–८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ ।
विद्यालयबाट फर्कने क्रममा नहरमा नुहाउँदै गर्दा शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाका रोहित धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । उनका अनुसार नहरमा नुहाउनका लागि गएका बालक मृत अवस्थामा नहरको पानीमा उत्रिएको अवस्थामा फेला परेका छन् । बालकको शव नहरको पानीमा उत्रिएको अवस्था देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।
बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ । मृतक बालक धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्दै आएका थिए । नहर खन्ने क्रममा आएको पानीका कारण ठूलो तलाउ बनेको छ । तलाउमा बालबालिकाले गर्मिका बेला नुहाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण