माओवादीद्वारा निर्वाचनलक्षित तेस्रो विशेष परिपत्र जारी, उम्मेदवार छनौटमा नयाँ मापदण्ड
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित तेश्रो परिपत्र जारी गरेको छ । शुक्रबार सो पार्टीले तेश्रो विशेष परिपत्र जारी गरेको हो । आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिइएको छ । बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डले विशेष परिपत्र जारी गरेका हुन् । परिपत्रमा उम्मेदवार देश, जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
परिपत्रमा निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट रुपमा उल्लेख गर्नुका साथै गठबन्धन दलहरुबीचमात्रै निर्वाचनमा तालमेल गर्न पाईने निर्णय पनि प्रेसित गरिएको छ भने समावेशी समानुपातिक प्रतिनिधित्वलाई लागू गर्न पनि निर्देशन दिइएको छ ।
यस्तो छ उम्मेदवार छनौटको मापदण्ड :
१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने
२. देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
३. स्वच्छ छवि भएको
४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण