सप्तरीमा पेट्रोलको चरम अभाव
राजविराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरुण यादवको मोटरसाइकलको पेट्रोल सकियो । उनी शनिवार पेट्रोल खोज्न निस्के । नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाइएन । एकजना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्रोलको ३२० तिरेर तत्काल काम चलाए ।
पेट्रोल डिजेल किनेर स्टकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाई दिँदै आएको स्थानीयको गुनासो छ। राजविराज–१ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए ।
पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कूटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन् । इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्रोलियम पदार्थको अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दोलनरत पक्षसहित सरोकारवाला बीच सहमति भएकाले अब पेट्रोलियम पदार्थ सहज हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण