कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने
विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् ।
प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति अल्भीले आइतबार संसद विघटन गरेका थिए । यसअघि प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।
तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताएका थिए । प्रस्तावबारे मतदान हुने कार्यतालिका थियो ।
विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए । खानविरुद्धको प्रस्ताव खारेज भएपछि क्रुद्ध भएका विपक्षी सर्वोच्च अदालतमा पुगेका थिए । अदालतले यसबारे आज सुनुवाई गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : हस्ताक्षर सनाखत सुरु
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
-
बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ