ब्लू स्टारसँग खेल्दै मच्छिन्द्र
नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत आज (मंगलबार) श्रीलंकन क्लब ब्लू स्टारसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लू स्टारसँग खेल्नेछ । मच्छिन्द्र र ब्लू स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको मच्छिन्द्र आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ ।
मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । एएफसीको लाइसेन्स नभएर अघिल्लो पटक मच्छिन्द्रले एएफसी कप छनोट खेल्न पाएको थिएन ।
मच्छिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले आजको खेलमा सहज जित निकाल्दै समूह चरणमा पुग्ने योजनामा भएको बताएका छन् । उनले नेपाली फुटबलका लागि यो राम्रो अवसर भएकोले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा स्थान बनाउने बताए ।
‘नेपाली फुटबलका लागि यो राम्रो अवसर हो । हामी ब्लू स्टारविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा पुग्नेछौँ । ठूलो टिमसँग खेल्दा दबाब त पक्कै हुन्छ । तर, हामी दबाबका बीच उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ कटवालले भने । यता कप्तान सुजल श्रेष्ठले टिमको लक्ष्य उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा पुग्ने भएको बताएका छन् ।
‘लिग च्याम्पियन बनेका छौं । खुशी थियौं । अब अघिल्लो चरण पुगेर अर्काे खुशी साट्ने बेला भएको छ,’ सुजलले भने । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण