भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
मङ्गलबार, २२ चैत २०७८, १२ : २३
भारतमा पेट्रोल र डिजेलको मूल्यमा ८० पैसाले वृद्धि भएको छ । पछिल्लो दुई हप्तामा भारतमा ९.२० रुपैयाँले इन्धनको मूल्यमा वृद्धि भइसकेको छ । सरकारी इन्धन खुद्रा बिक्रेताले जारी गरेको नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँ बाट बढेर ९५.८७ रुपैयाँ पुगेको छ ।
पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करको आधारमा तय हुन्छ । हरेक राज्यमा करको दल फरक हुन्छ । त्यसैले अलग–अलग राज्यमा पेट्रोल र डिजेलको मूल्य फरक–फरक हुन्छ । यद्यपि, मूल्यको अन्तर निकै कम हुन्छ ।
गत २२ मार्चमा चार महिनाको अन्तरपछि पहिलोपटक मूल्य वृद्धि भएको थियो । त्यतिबेला देखि अहिलेसम्म यो १३ पटकसम्म पेट्रोल डिजेलको मूल्यवृद्धि भइसकेको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण