शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

मङ्गलबार, २२ चैत २०७८, १२ : २३
मङ्गलबार, २२ चैत २०७८

भारतमा पेट्रोल र डिजेलको मूल्यमा ८० पैसाले वृद्धि भएको छ । पछिल्लो दुई हप्तामा भारतमा ९.२० रुपैयाँले इन्धनको मूल्यमा वृद्धि भइसकेको छ । सरकारी इन्धन खुद्रा बिक्रेताले जारी गरेको नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँ बाट बढेर ९५.८७ रुपैयाँ पुगेको छ ।

पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करको आधारमा तय हुन्छ । हरेक राज्यमा करको दल फरक हुन्छ । त्यसैले अलग–अलग राज्यमा पेट्रोल र डिजेलको मूल्य फरक–फरक हुन्छ । यद्यपि, मूल्यको अन्तर निकै कम हुन्छ ।

गत २२ मार्चमा चार महिनाको अन्तरपछि पहिलोपटक मूल्य वृद्धि भएको थियो । त्यतिबेला देखि अहिलेसम्म यो १३ पटकसम्म पेट्रोल डिजेलको मूल्यवृद्धि भइसकेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप