हराएको बिरालो पाँच वर्षपछि भेटिएपछि....
एक क्यानेडियन महिलाको आफ्नो हराएको बिरालो पाँच वर्षपछि फेला परेकी छन् । आफू र आफ्नो परिवार अलबर्टाको एममोन्टोनमा बसिरहको र पाँच वर्ष अगाडि किकि नामको बिरालो घर फर्कन असफल भएको एलिजावेथ एन्टेभले बताएकी छिन् । ‘यो साच्चैको राम्रो बिरालो थियो । उनी बिरालोलाई पाल्न चाहन्थिन् । उसलाई चिन्ने जो कोहीले पनि त्यो बिरालो गुमाउन चाहँदैन,’एन्टेभले बताएकी छिन् ।
आफ्नो परिवारले किकीलाई महिनौँसम्म विभिन्न माध्यमबाट खोजी गरेको एन्टेभले बताइन् । ‘हामीले बाहिर उसका लागि खाना राख्यौँ, तर हामीले त्यतिबेला सफलता हासिल गरेनौँ’, उनले भनिन् । एन्टेभ र उनको परिवार किकी हराएको एक वर्षपछि ओन्टारियो बसाइ सराइ गरेका थिए । तर एन्टेभले आफ्नो फोन नम्बर परिवर्तन गर्न चाहिनन् । किनकी उनी किकी फर्केको भए उसमा जडान गरिएको माइक्रोचिपले जानकारी दिन्थ्यो ।
एडमन्टनको छिमेकमा रहेको ¥यापरस्वी जुुन एन्टेभको पूर्व घरबाट सवारी साधनका लागि १० मिनेटको दुरीमा छ, त्यहाँ बस्ने हाना काडरीले आफ्नो पछाडिपट्टिको क्यामेरामा सानो बिरालो देखिएपछि खानेकुरा राख्ने गरको बताएकी छिन् । त्यसपछि बिरालो समात्न सकियो । छिमेकीले बिरालोलाई समान्तका लागि सहयोग गरेको काडरीले बताइन् । हालै उनीहरुले बिरालोलाई भेटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण