थामिएन नेप्सेको पहिरो, थप ४६ अंकको गिरावट
केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से सूचक थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको हो ।
यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०.५ प्रतिशतले मात्र बढेको छ ।
अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको २.९१ प्रतिशतले र फाइनान्स समूहको २.७२ अंकले घटेको छ ।
यस्तै हाइड्रोपावर समूहको सूचक २.१ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १.८६ प्रतिशत र १.१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
यस दिन दुई वटा लघुवित्त कम्पनी नेष्ठो र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ भने यता इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले नै गुमेको छ । ४६ अंकमाथिले घटेको बजारमा आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण