शिक्षामन्त्री पौडेलले भने- चाहेको काम गर्न बजेटमा कमी हुने छैन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने बताएका छन् । मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् ।
उनले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरुको भएको बताउँदै सामुदायिक विद्यालय सर्धान सामूहिक संकल्पको आवश्यक रहेको बताए । “राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुर्धानेतिर रहेको छ”, मन्त्री पौडेलले भने, “ शिक्षामा सुधारका लागि सरोकारवाला पक्षहरुले पनि प्रयासरत रहनुपर्छ ।”
भुकम्प प्राधिकरण एवम् राष्ट्रपति शैक्षिक सुधारबाट विद्यालयको भौतिक पूर्वाधार बनिरहेको बताउँदै शिक्षालाई गुणस्तर बनाउनु मुख्य कुरा रहेको सुनाए । उनले शिक्षक र कर्मचारीको सेवा सुविधाको व्यवस्था एउटै किसिमको बनाउने गरी लागिपरिरहेको बताउँदै शिक्षकले कतव्र्य भूल्न नहुनेमा जोड दिए ।
तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने बताउँदै उनीहरुको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले तालिम गोष्ठीको आयोजना गर्ने बताए । अन्तरक्रियामा सहभागीहरुले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्सः विद्यार्थी संख्याको आधारमा एक नर्सबाट गाह्रो भएकोले विद्यार्थी संख्याका आधारमा हुनु पर्ने, दरबन्दी मिलानको नाममा पालिकालाई तरबार तेस्राएको लगायतका विषय राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण