नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवार करिब ४ सय मतले अगाडि
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे करिब ५ सय मतले अगाडि छन् । बिहान ११ः३० बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले ९३२ मत पाएका छन् ।
प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ४६३ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई करिब ५ सय मतले पछि पारेका छन् ।
त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ८३६ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ५५० मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र २८६ मतले अगाडि छन् ।
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलकाअनुसार महासचिव बाहेक अन्य सबैजसो पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू करिब ४ सय मत अन्तरले अगाडि छन् । हालसम्म करिब १ हजार ५ सय मत गनिएको छ ।
हालसम्म प्रदेश नम्बर १ को विराटनगरबाहेक अन्य सबै स्थानको मत गनि सकिएको छ भने प्रदेश नम्बर २ को राजविराजको मत गन्न बाँकी छ । त्यस्तै सर्वोच्च अदालत बारको ३६२ मत र ललितपुर बारको २ सय मत गनि सकिएको छ ।
एमाले निकट प्रगतिशील समूहको पकड रहेको पाटन बार र काठमाडौं जिल्ला बारको मत भने अझै गन्न बाँकी नै छ । बारको निर्वाचनमा करिब ७ हजार ४ सय मत खसको थियो । अध्यक्ष पदमा निर्वाचित हुन करिब ३ हजार ७ सय मत ल्याउनु जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण