अमेरिकाले खुलायो युक्रेनलाई लडाकु विमान नपठाउने कारण
रुसको हमलाका बावजुद युक्रेनलाई लडाकु विमान नपठाउने कारण अमेरिकाले खुलाएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले यदि उनको देशले लडाकु विमान पठायो भने सम्भवतः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई युद्ध बढाउने संकेतका रुपमा हेर्न सक्ने बताएका छन् । जोन किर्बीका अनुसार यदि अमेरिकाले युक्रेनलाई लडाकु विमान पठायो भने राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो गलत बुझाइ हुन सक्थ्यो र यो युद्ध बढाउनका लागि हुन सक्थ्यो ।
‘हामी सबैलाई थाहा छ , यो युद्ध पहिले जस्तै नराम्रो स्थितिमा छ । यस्तो अवस्थामा यसलाई बढाउनाले अमेरिका र रुस दुई परमाणु हतियार सम्पन्न देशकाबीच संघर्ष बढ्न सक्थ्यो । यो रुस र अमेरिका दुवैका लागि राम्रो थिएन । यो युक्रेनका लागि पनि राम्रो हुन्न ।’
उनले भने,‘निश्चित रुपमा अब हिंसा घटेको छ र रुसको सेना युक्रेनका पूर्वी हिस्सामा केन्द्रीत हुन थालेको छ । हामी सबैलाई थाहा छ कि यो क्षेत्रमा युक्रेन र रुस ८ वर्षदेखि लड्दै आएका छन् । यदि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग बसेर वार्ता गरुन् र अवस्थालाई कुटनीतिक माध्यमबाट समाधान गरियो भने युद्ध रोकिन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण