दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो । मुम्बईमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउने १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १५५ रन बनायो ।
लखनउका लागि क्विन्टन डी ककले अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उने ९ चौका र २ छक्को सहयोगमा ८० रन बनाए । त्यस्तै कप्तान के एल राहुलले १९ रन जोड्दा कुर्नाल पाड्या १९, दीपक हुड्डा ११ र आयूस बदोनीले १० रन जोडे ।
बलिङतर्फ दिल्लीका लागि कुलदीप यादवले दुई विकेट लिए । त्यस्तै ललित यादव र शार्दुल ढाकुरले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले पृथ्वी शाको अर्धशतकको सहयोगमा दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
दिल्लीका लागि शाले ३४ बल खेल्दै ९ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान रिशव पन्तले ३९ रन जोड्दा सर्फराज खानले ३६ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि रवी विस्नोइले दुई विकेट लिए । त्यस्तै कृष्णपा गोथामले एक विकेट लिए ।
जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । लिगमा ४ खेल खेलेको लखनउ ६ अंक जोडेको छ । पराजित दिल्ली ३ खेलबाट २ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण