मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो

बिहीबार, २४ चैत २०७८, २३ : ५९
बिहीबार, २४ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।  बिहीबार भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो । मुम्बईमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउने १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १५५ रन बनायो । 

लखनउका लागि क्विन्टन डी ककले अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उने ९ चौका र २ छक्को सहयोगमा ८० रन बनाए ।  त्यस्तै कप्तान के एल राहुलले १९ रन जोड्दा कुर्नाल पाड्या १९, दीपक हुड्डा ११ र आयूस बदोनीले १० रन जोडे । 

बलिङतर्फ दिल्लीका लागि कुलदीप यादवले दुई विकेट लिए । त्यस्तै ललित यादव र शार्दुल ढाकुरले एक–एक विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले पृथ्वी शाको अर्धशतकको सहयोगमा दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । 

दिल्लीका लागि शाले ३४ बल खेल्दै ९ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेले ।  त्यस्तै कप्तान रिशव पन्तले ३९ रन जोड्दा सर्फराज खानले ३६ रनको योगदान गरे ।  बलिङतर्फ लखनउका लागि रवी विस्नोइले दुई विकेट लिए । त्यस्तै कृष्णपा गोथामले एक विकेट लिए । 


जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । लिगमा ४ खेल खेलेको लखनउ ६ अंक जोडेको छ ।  पराजित दिल्ली ३ खेलबाट २ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप