मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनका लागि काँग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन

शनिबार, २६ चैत २०७८, १३ : २८
शनिबार, २६ चैत २०७८

नेपाली काँग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ । 

स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।

काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप