पाकिस्तानमा नयाँ प्रधानमन्त्री सोमबार चुनिने
आइतबार, २७ चैत २०७८, ०८ : ३७
पाकिस्तानको संसद्मा अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिर भएका छन् । शनिबार राति त्यहाँको राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमा मतदान भएको थियो जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे ।
इमरान खानले उनलाई सत्ता बाहिर निकाल्न अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका थिए । उनले कुनै पनि नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका थिए । पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो अवसर पनि हो । अब सोमबार पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चुन्नेछ । नयाँ प्रधानमन्त्रीले आगामी चुनाव अर्थात् अक्टोबर २०२३ सम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण